ईद-उल-अज़हा-एक इतिहास

samsad(34)
Published in
#bitcoin
Words
349
Reading
2 min
Listen
Play
9y

[url=
“ईद-उल-अजहा” को पर्ब हिजरी पात्रो को अनुसार अन्तिम महिना “जुल हिज्ज” मा मनाउने गरिन्छ। पुरै देश को मुसलमान यस महिनामा सउदी अरब को मक्का मा एकत्रित भएर हज मनाउने गर्छन। “ईद-उल-अजहा” पनि त्यहि दिन मनाईन्छ, वास्तवमा यो हज को एक अंशीय याद्गारी र मुसलमानहरुको भाव को दिन हो। दूनिया भर को मुसलमानहरुको एक समुह मक्का मदिना मा हज गर्न जान्छन, बाकी मुस्लिम हरुको अन्तर्राष्ट्रीय भाव को दिन बन्न जान्छ। ईद-उल-अजहा को अक्षरश: अर्थ त्याग र बलीको ईद हो। यो दिन स्वस्थ जानवरहरुको कुर्बानी (बली) दिने एक प्रकार को प्रतीकात्मक कुर्बानी हो। हज र यस संग जोडिएको पद्धती हजरत इब्राहीम र उनको परिवार बाट गरिएको प्रतीकात्मक शुभ अवसरमा दोहोराउनु को अर्को नाम हो। हजरत इब्राहीम को परिवार मा उनको पत्नी हाजरा र पुत्र इस्माइल थिए। भनिन्छ, कि हजरत इब्राहीम ले एक स्वप्न देखे जसमा उनि आफ्नै छोरा इस्माइल को कुर्बानी दिदै थिए। हजरत इब्राहीम आफ्नो दस वर्षीय छोरा इस्माइल लाई अल्लाह-अताला( ईश्वर) को राह मा कुर्बानी गर्न हिनी सके। किताबको मा गरिएको व्यख्यानुसार, अल्लाह-अताला ले आफ्नो फरिश्ता (दुत) लाई पठाएर इस्माइल को ठाँउमा एक जनावरको कुर्बानी गर्न को लागि भन्नु भयो। वास्तवमा, इब्राहीम द्वारा जुन असल कुर्बानी को माग गरिएको थियो त्यो थियो उनको आफ्नै को, जब कि, तिनीहरूले आफ्नो छोरा इस्माइल र उनको आमा- हाजरा को मक्का मा बसाउने निर्णय लिए। तर मक्का त्यो समय रेगिस्तानको बाहेक अरु केहि थिएन। उनि तिनलाई मक्का मा बसालेर आफु मानव सेबाको लागि हिनी सके। यसरि, यसो यो रेगिस्तानमा बस्न उनको र उनको सम्पूर्ण परिवार को लागि कुर्बानी झैँ थियो। जब इस्माइल ठुलो भए तब उता बाट एक काफिला (कारबा) गुजरा र इस्माइल को विबाह त्यो काफिले (कारबा) मध्ये एक युवती देखि गरे दिए पछि फेरि सुरुवात भयो एक बंश जहाँ इतिहासमा इश्माइलिट्स, वा वानु इस्माइल को नाम बाट जानिएको थियो। “हजरत मुहम्मद” सहाब को जन्म यहि बंश मा भएको थियो।

eid (1).JPGईद-उल-अजहा को दुई शंदेश छ, प्रथम परिवार को ठुलो सदस्य को स्वार्थ को रुपमा नहेर्ने र आफु स्वयम् मानव उन्नति को लागी जुट्नु पर्ने छ।

“ईद-उल-अजहा” पर्व ले यो याद गराउछ कि, कसरी एक सानो परिवार मा एक नयाँ अध्याय लेखिएको छ।
लेखक: समसाद जोल्हा
Freelancer
देवगाव-०७, नवलपरासी
हाल: रामग्राम-१७, नवलपरासी

ईद-उल-अज़हा-एक इतिहास | Ecency