चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण, विकासले गति लिने अपेक्षा

santosh99(34)
Published in
#news
Words
131
Reading
1 min
Listen
Play
9y

Home प्रविधि चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण, विकासले गति लिने अपेक्षा
प्रविधि
चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण, विकासले गति लिने अपेक्षा
DAILYUPDATES - JUL 11, 2017016667
Share On Facebook
Tweet It

२७ असार, काठमाडौं । विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ ।

जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थलमार्ग हुँदै नेपाल आउने छ ।

सिंचाइ मन्त्रालयले भेरी बबई डाइभर्सन आयोजनाका लागि उक्त मेसिन तयार गर्न ६ महिनाअघि चीनको क्युबेक ओभरसिजलाई जिम्मा दिएको थियो ।

डेढ अर्ब रुपैंयाको लागत (नेपालमा ल्याई पुर्याउँदा) मा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनामा सफल भए उक्त उपकरण प्रयोग गरेर नेपालमा विकासको क्रान्ती सिर्जना हुने विकासविदहरुले अपेक्षा गरेको नागरिक दैनिकमा खबर छ

चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण, विकासले गति लिने अपेक्षा | Ecency