August 11, 2017
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले तराईमा अहिलेसम्मकै ठुलो बर्षाको सम्भावना रहकाे बताएकाे छ । यस क्षेत्रका बासिन्दालाई सर्तक हुन आव्हान समेत गरेको छ ।
पश्चिमको मोहना कन्काई र जलधारामा बाढिको प्रकोप देखिसकेकाले तटिय क्षेत्रका बासिन्दालाई समेत उच्च सर्तकता अपनाउनुपर्ने पनि मौसमबिदहरुले सुझाव दिएका छन ।
बादल फाटेर एकै मिनेटमा १ सय मिलिलिटरभन्दा बढि बर्षा हुने सम्भावाना रहेकाले यसलाई उच्च जोखिमपूर्ण अवस्थाको रुपमा आँकलन गरि राष्ट्रिय आपतकालिन केन्द्र समेत अलर्ट बसेको जानकारी छ ।
सम्बन्धित क्षेत्रका बासिन्दालाई सुचना प्रदान गर्ने पनि आपतकालिन सर्तकता केन्द्रले आव्हान गरेको छ । मौसमविदले जनाए अनुसार बर्षा भएमा तराईका जिल्लाहरु पूर्वको झापा, मोरङ,सुनसरी,सप्तरी, मध्यको बारा पर्सा मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही र पश्चिमको बर्दिया, कैलाली कन्चनपुरमा बाढिबाट प्रभावित हुनेछन ।