अठार मगरात र बाह्र मगरातको संगम ताराखोला, अर्गल ।

bbaspr(27)
Published in
#magarat
Words
119
Reading
1 min
Listen
Play
9y

अर्गलबासी मुलत आफू पाल्पाको अर्गलिबाट बिद्रोह गरि आफ्नो अस्तित्व को लागि यस ठाउँमा आएर बसेको मान्दछन ।
यहाँका मगरहरु भाषागत रुपमा बाह्र मगरात नजिक रहेको र सास्कृतिक रुपमा भने अठार मगरात नजिक रहेको छन । यहाँका मगरहरु भाषागत रुपमा बाह्र मगरात भएको प्रमाण यस क्षेत्रका खोला नालाको नामाकरण मगर ढुट भाषामा राखिएको छ, उदाहरणका लागि ताराखोलामा दोगाडी, हिलको साडी, माझखर्कमा चगाडी, कल्चडी, हरिचौरमा गुरुङ्डी आदि मगर ढुट भाषामा पानी लाई डि भन्ने गरिन्छ । त्यसै गरि सास्कृतिक रुपमा अठार मगरात संग नजिक हुनुको कारण अठार मगरातका चेलीबेटी बुहारिको रुपमा ल्याएपछी उनिहरुको चालचलनको रुपमा अठार माना चामल, अठार लहरा सुकुटी, अठार कोर्टो आदि बुझाउनु पर्ने कारण हुन सक्ने भनेर अर्गल मा. बि. का शिक्षक सुर्य घर्ती मगरले बताउनु भयो ।

अठार मगरात र बाह्र मगरातको संगम ताराखोला, अर्गल । | Ecency